२७ लाख ७६ हजार ७६ कित्ताका लागि मात्र आवेदन « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

२७ लाख ७६ हजार ७६ कित्ताका लागि मात्र आवेदन


१७ फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । बुक बिल्डिङ प्रक्रियाबाट आईपिओ जारी गरेको सर्वोत्तम सिमेन्टको आईपीओ १९ अर्ब रुपैयाँभन्दा बढीको आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार सो आईपीओमा १९ अर्ब ४० करोड ८४ लाख ३३ हजार २ सय ८३ रुपैयाँ बराबरको आवेदन परेको हो । ५ करोड ३७ लाख ७७ हजार ८ सय ७० कित्ताका लागि आवेदन परेको छ । तर सर्वोत्तमले भने २७ लाख ७६ हजार ७६ कित्ताका लागि मात्र आवेदन खुलाएको थियो ।

१० लाख १५ हजार २११ जनाले सर्वोत्तमको आईपीओमा आवेदन दिएका हुन् ।

सर्वोत्तम सिमेन्टले पहिलो पटक बुक बिल्डिङ विधिमार्फत सर्वसाधारणलाई फागुन १३ गतेदेखि कुल २७ लाख ७६ हजार ७६ कित्ता आइपीओ निष्कासन तथा बिक्री खुला गरेको हो । फागुन १६ गतेसम्म आवेदन दिने समय राखिएको थियो ।

सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिबाट निर्धारण भएको प्रतिकित्ता ३६०.९० रुपैयाँ मूल्यमा आईपीओ जारी गरेको हो ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस