व्यवस्थित शहर बनाउन प्रदेश र स्थानीय तहको पनि दायित्व छ : मन्त्री गुरुङ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

व्यवस्थित शहर बनाउन प्रदेश र स्थानीय तहको पनि दायित्व छ : मन्त्री गुरुङ


१६ फाल्गुन २०८०, बुधबार


काठमाडौँ । शहरी विकासमन्त्री सीता गुरुङले फोहोरमैला व्यवस्थापन गर्न स्थानीय तह र प्रदेश सरकारको पनि उत्तिकै दायित्व रहेको बताएकी छन् । उनले स्वच्छ, सफा र व्यवस्थित शहर निर्माणमा तीन वटै तहका सरकारबीच प्रशस्त समन्वय र सहकार्यको खाँचो रहेको बताइन् । 

बुधबार मन्त्रालयमा राष्ट्रिय शहरी नीतिलाई अन्तिम रूप दिन आयोजित प्रदेश सरकार मन्त्रीहरूसँगको छलफलमा मन्त्री गुरुङले बढ्दो शहरीकरणलाई व्यवस्थित गर्न आवश्यक रहेको बताइन् ।

उनले गाउँबाट शहरतिर बसाइसराइँको ट्रेण्ड रहेको भन्दै देशभरिका ठूला, साना र शहरोन्मुख क्षेत्रहरूमा फोहोरमैला व्यवस्थापन प्रमुख चुनौतीकारुपमा देखा परेको बताइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस