फुटपाथ व्यवसायी र नगर प्रहरीबीच सुन्धारामा झडप « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

फुटपाथ व्यवसायी र नगर प्रहरीबीच सुन्धारामा झडप


१६ फाल्गुन २०८०, बुधबार


काठमाडौँ । काठमाडौँको सुन्धारामा फुटपाथ व्यवसायी र नगर प्रहरीबीच झडप भएको छ ।

फुटपाथ व्यवसाय हटाएको काठमाडौँ महानगरपालिकाले पछिल्लो समय राति ९ बजेपछि राख्न दिने भनेको छ । तर साँझ ७ बजेपछि नै फुटपाथमा व्यवसाय गर्न थालेको भन्दै बुधबार साँझ नगर प्रहरीले व्यवसायीहरूलाई हटाएको थियो ।

त्यसक्रममा सुन्धारा क्षेत्रमा झडप भएको छ । नगर प्रहरी केहीलाई पक्राउ गर्नुका साथै लाठी हानेपछि व्यवसायीहरूले प्रतिकार गरेका थिए ।

नगर प्रहरीले भने नगर प्रहरीलाई ढुंगामुढा गरेपछि आफूहरूले प्रतिकार गरेको बताएको छ ।  

Tags :
प्रतिक्रिया दिनुहोस