महानगरले तिरायो सडक पेटी खनेर अलपत्र छाड्नेलाई १ लाख जरिबाना « प्रशासन
Logo १ बैशाख २०८१, शनिबार
   

महानगरले तिरायो सडक पेटी खनेर अलपत्र छाड्नेलाई १ लाख जरिबाना


१६ फाल्गुन २०८०, बुधबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सडक पेटी खनेर अलपत्र पार्ने व्यक्तिलाई एक लाख रुपैयाँ जरिबाना तिराएको छ ।

काठमाडौँ महानगरपालिका-१३ का दीपककुमार कादमीयनलाई सडक पेटी भत्काएर अलपत्र अवस्थामै छाडेको पाइएपछि सो जरिबाना तिराइएको महानगरले जनाएको छ ।

महानगरले यस अगाडि फोहोर जथाभाबी फाल्ने, सडकपेटीमा सामग्री थुपार्नेलाई जरिबाना तिराउँदै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस