राष्ट्रिय मान्यता नपाएको दलको मान्छे कसरी प्रधानमन्त्री हुन्छ ? भन्दै ओलीको प्रश्न « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

राष्ट्रिय मान्यता नपाएको दलको मान्छे कसरी प्रधानमन्त्री हुन्छ ? भन्दै ओलीको प्रश्न


१६ फाल्गुन २०८०, बुधबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल लक्षित गर्दै प्रधानमन्त्री हुन्छु भन्दै हिँड्ने कुरा हास्यास्पद भएको टिप्पणी गरेका छन् ।

बुधबार सुनसरीको इनरुवामा आयोजित पार्टी कार्यकर्ता भेलामा बोल्दै उनले असार १५ गते प्रधानमन्त्री हुन्छु भन्दै हिँडेको र उनका समर्थकहरूले ताली बजाएकोमा आफूलाई अचम्म लागेको बताए । संसदमा राष्ट्रिय मान्यता नपाएको दलका मान्छे कुन बाटोबाट प्रधानमन्त्री हुन्छ ? भन्दै ओलीले प्रश्न गरेका छन् ।

उनले भने, ‘कुनै राजनीतिक पृष्ठभूमि नभएका, कुनै जनाधार नभएका, राजनीतिक दृष्टिकोण नभएका, कुनै प्रकारको गन्तव्य नभएका, कुनै नीति नभएका, त्यस्ता तत्त्वहरू । आज कति हास्यास्पद छ देशको राजनीति, जो मान्छे संसदमा छैन, त्यस्तो मान्छे सडकमा आएर भन्छ( म असार १५ गते प्रधानमन्त्री हुन्छु भन्दैछ, अगाडि बसेका मान्छेहरू हो हो भनेर ट्यापट्याप गर्छन् । अचम्म लाग्छ । संविधान कता छ ? कानून कता छ ? संसद के छ ? त्यो केही थाहा छैन । अनि एउटा मान्छेले कराई दिन्छ-म असार १५ गते प्रधानमन्त्री हुन्छु भनेर । कुन बाटोबाट प्रधानमन्त्री हुन्छ ऊ ? यस्तो अराजकता । के बोल्दैछु उसलाई थाहा छैन ।’

Tags :
प्रतिक्रिया दिनुहोस