२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जिम्मेवारी खोसिएपछि नेता भट्टले भने-मेरो राजनीतिक र व्यक्तिगत जीवन समाप्त पार्ने डिजाइन

अ+ अ-

काठमाडौँ । माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं सुदूरपश्चिम प्रदेश सभाका सदस्य खगराज भट्टले स्थायी समितिको बैठकको निर्णय आफ्नो राजनीतिक र व्यक्तिगत जीवन समाप्त पार्ने डिजाइनअन्तर्गत भएको प्रतिक्रिया जनाएका छन् ।

सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेताबाट हटाउने निर्णयलाई स्थायी समितिले अनुमोदन गरेसँगै भट्टले आपत्ति जनाएका हुन् ।

भट्टलाई माघ १२ गते संसदीय दलका नेताबाट बहुमत सांसदहरुले हटाइएका थिए । सभामुखसहित ११ सांसद रहेको माओवादी केन्द्र संसदीय दलका ६ जना सांसदले दलको बैठक गरी भट्टलाई हटाउने निर्णय गरेका थिए। उक्त निर्णयलाई स्थायी समिति बैठकले सदर गरेपछि उनले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सम्बोधन गर्दै चार बुँदे प्रश्नसमेत गरेका छन् ।

भट्टले स्थायी समितिको निर्णयले सुदूरपश्चिममा पार्टीभित्र देखा परेको अराजकतालाई निरुत्साहन गर्छ या प्रोत्साहन ?, पार्टीलाई नै जीवन ठान्ने कार्यकर्ताहरूलाई उत्साहित या निराशा गर्छ ?, पार्टी संस्थागत निर्णयबाट सञ्चालन हुन्छ या अमुक व्यक्तिको चाहनाबाट ? पार्टीमा दण्डहीनता प्रश्रय हुँदैन र ? भन्ने प्रश्न गरेका छन् ।

यसअघि दलका उपनेता अक्कलबहादुर रावलको अध्यक्षतामा बहुमत सांसदहरूको उपस्थितिमा बसेको बैठकले भट्टलाई हटाएर प्रमुख सचेतक रहेका मानबहादुर धामीलाई संसदीय दलको नेता चयन गरेको थियो । भट्टलाई हटाउने बैठकमा बहुमत सांसदहरूमा रावल, मानबहादुर धामी, शिवसिंह ओली, ओमबिक्रम भाट, गीतादेवी माल र लक्ष्मी बिक रहेका थिए । माल हाल उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा राज्यमन्त्री छिन् ।

भट्ट पक्षमा चार जना सांसदमात्र रहेका देखिएका थिए । सामाजिक विकासमन्त्री रहेका झपटबहादुर साउद, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रहेका रमेशसिंह धामी, सांसद खगराज भट्ट र जानकीदेवी कुँवर बैठकमा अनुपस्थित भएर भट्टको पक्षधरता लिएका थिए । उक्त निर्णयप्रति आपत्ति जनाउँदै माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटीले कार्यान्वयन नगर्न निर्देशन गरेको थियो । त्यसपछि सुदूरपश्चिम संसदीय दलभित्रको विवाद स्थायी कमिटी बैठकको एजेन्डा बनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस