भारतीय पर्यटकले नेपालमा फोन पे क्युआर मार्फत भुक्तानी गर्न सक्ने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

भारतीय पर्यटकले नेपालमा फोन पे क्युआर मार्फत भुक्तानी गर्न सक्ने


१६ फाल्गुन २०८०, बुधबार


काठमाडौँ । अब भारतबाट नेपाल आएका पर्यटक तथा भारतीय ग्राहकले नेपालमा फोन पे क्युआर मार्फत भुक्तानी गर्न पाउने भएका छन् ।

फोन पे र भारतको नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (एनपीसीआई)बीच भएको समझदारी अनुसार आजदेखि भुक्तानी गर्न मिल्ने भएको हो ।

भारतमा भिम यूपीआई र फोन पे प्रयोग गरिरहेको ग्राहकले भुक्तानी गर्न सक्ने छन् । प्रयोग गर्दै आएका ग्राहकले नेपालमा क्यूआरमार्फत भुक्तानी गर्न सक्नेछन् । अन्तरदेशीय अनलाइन कारोबार गर्नको लागि भारतीय प्रयोगकर्ताले फोन पे वा भिम एपमा इन्टरनेसनल यूपीआई पेमेन्ट्स एक्टिभेट गर्नुपर्छ ।

फोन पे का सीईओ दिवस सापकोटाले आजबाट फोन पे को क्युआर मार्फत अन्तरदेशीय अनलाइन कारोबार सुरु भएको बताए । भारतीय ग्राहकले नेपालमा क्युआर मार्फत भुक्तानी गर्न सक्ने सुविधा सुरु भएपछि नेपाली ग्राहकले भने भारतमा भुक्तानी गर्न पाउने छैनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस