सहकारीका दुई कार्यालयबाट करिब १३ लाख चोरी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सहकारीका दुई कार्यालयबाट करिब १३ लाख चोरी


१६ फाल्गुन २०८०, बुधबार


काठमाडौँ । मोरङको लेटाङमा रहेको एकीकृत जनभावना बचत तथा ऋण सहकारी संस्थाको दुईवटा कार्यालयबाट १२ लाख ८१ हजार रुपैयाँ चोरी भएको छ । लेटाङ नगरपालिका-२ फँडानीमा रहेको संस्थाको मुख्य कार्यालय र लेटाङ-२ खैरेनीमा रहेको शाखा कार्यालयबाट रकम चोरी भएको हो ।

मुख्य कार्यालयबाट ८ लाख ९० हजार ४ सय ४५ रुपैयाँ र शाखा कार्यालयबाट ३ लाख ९० हजार ५ सय ८५ रुपैयाँ चोरी भएको प्रहरी निरीक्षक भिमलाल ओलिले बताए । मुख्य कार्यालयभित्र तीनवटा गेट थिए । एउटा गेटमा ४ वटासम्म ताला लगाइएको थियो । सबै गेटको ताला तोड्दै भित्र छिरेर चोरी भएको देखिएको बताइएको छ ।

सहकारीको निगरानीका लागि सीसी क्यामेरा जडान गरिएको थियो । तर, चोरीमा संलग्नले सीसी क्यामेराको डिभाइस नै लिएर गएको देखिएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार सीसी क्यामेराको डिभाइस नै गायब पारिएकाले घटनामा संलग्नको पहिचान गर्न समस्या भइरहेको छ ।

घटनाको अनुसन्धानका लागि प्रहरीले विशेष टोली परिचालन गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस