खप्तड भ्रमण गर्ने पर्यटक थपिँदै « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

खप्तड भ्रमण गर्ने पर्यटक थपिँदै


१६ फाल्गुन २०८०, बुधबार


डोटी । भूस्वर्गका नामले परिचित खप्तडमा सात महिनामा आठ सय ८३ पर्यटक भित्रिएका छन् । सुदूरपश्चिमको धार्मिक तथा प्राकृतिक दृष्टिकोणले अत्यन्त महत्त्वपूर्ण पर्यटकीय क्षेत्र मानिएको खप्तडमा चालु आर्थिक वर्षको सात महिनामा आठ सय ८३ पर्यटक भित्रिएका हुन् ।

खप्तड राष्ट्रिय निकुञ्जले दिएको जानकारी अनुसार यस वर्षको साउनदेखि माघ मसान्तसम्ममा १८ विदेशी र आठ सय ६५ स्वदेशी पर्यटक खप्तड घुम्न आएका हुन् ।

आव २०७७-७८ मा तीन विदेशी र एक हजार छ सय ८५ नेपालीले तथा २०७८-७९ मा १९ विदेशी, तीन सार्क राष्ट्रका र दुई हजार एक सय ८७ नेपालीले खप्तडको भ्रमण गरेका निकुञ्ज कार्यालयले जनाएको छ । आव २०७९-८० मा दुई हजार आठ सय ९१ जना पर्यटकले खप्तडको भ्रमण गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस