परराष्ट्र सचिव लम्साल र भारतका विदेशमन्त्रीबीच शिष्टाचार भेट « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

परराष्ट्र सचिव लम्साल र भारतका विदेशमन्त्रीबीच शिष्टाचार भेट


१५ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । भारत भ्रमणमा रहेकी परराष्ट्र सचिव सेवा लम्सालले आज अपराह्न त्यहाँका बाह्य मामिलामन्त्री डा. सुव्रमण्यम जयशङ्करसँग शिष्टाचार भेट गरेकी छन्।

त्यस अवसरमा नेपाल-भारत सम्बन्धका विविध पक्षका साथै भारत सरकारको सहयोगमा नेपालमा सञ्चालित परियोजनाको प्रगतिबारे छलफल भएको यहाँस्थित भारतीय राजदूतावासले जनाएको छ ।   

परराष्ट्र सचिव लम्साल भारतको पुनेमा आगामी बिहीबारदेखि आयोजना हुने एसियाली आर्थिक संवाद २०२४ को उद्घाटन समारोहमा सहभागी हुने सिलसिलामा हाल नयाँदिल्लीमा छिन् । परराष्ट्र मन्त्रालयका सचिव नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गर्ने निर्णय भएको उनले बताइएको छ ।  

Tags :
प्रतिक्रिया दिनुहोस