माओवादीले राष्ट्रिय सभा अध्यक्षको दाबी नछाड्ने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

माओवादीले राष्ट्रिय सभा अध्यक्षको दाबी नछाड्ने


१५ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । माओवादी केन्द्र स्थायी समितिका सदस्यहरूले राष्ट्रिय सभा अध्यक्षको दाबी छाड्न नहुने सुझाव दिएका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार बसेको स्थायी समिति बैठकमा उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दाबी नछाड्न सुझाव दिएका हुन् । उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले स्थायी समितिका सबै सदस्यहरूको दाबी छाड्न नहुने सुझाव आएको बताए ।

हाल माओवादी सांसद उर्मिला अर्याल राष्ट्रिय सभा उपाध्यक्ष छन् । माओवादीले सरकारको नेतृत्व माओवादीलाई हस्तान्तरण गर्दा कुनै पनि संवैधानिक अंगको प्रमुख पार्टीको नहुने भएकाले राष्ट्रिय सभा अध्यक्ष दाबी गर्ने जनाउँदै आएको छ ।

स्थायी समिति सदस्यहरूले राष्ट्रिय सभा अध्यक्षमा सम्झौता नगर्न दाहाललाई आग्रह गरेका छन् । काँग्रेसले पनि राष्ट्रिय सभा अध्यक्ष दाबी गर्दै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस