संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनमा गम्भीर प्रकारका चुनौती : सचेतक ढकाल « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनमा गम्भीर प्रकारका चुनौती : सचेतक ढकाल


१५ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक रत्न प्रसाद ढकालले संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनमा निकै गम्भीर प्रकारका चुनौती देखिएको बताएका छन् ।

उनले संघीयता र प्रदेश सरकारहरू असफल बनाउने शक्तिहरू लागि रहेका बताए ।

मंगलबार बसेको प्रदेशसभा बैठकमा बोल्दै उनले सरकारलाई अंकुश ल्याउनका लागि संवैधानिक आयोगहरूलाई उक्साउन खोजिएको बताए । सार्वभौम संसद्ले गरेको निर्णय कार्यान्वयनका सम्बन्धमा संवैधानिक अंगहरुले अंकुश लगाउने काम भएकाले त्यसतर्फ ध्यान जानुपर्ने उनले बताए ।

उनले आवश्यकताका आधारमा विकास बजेट विनियोजन र समानुपातिक विकास प्रणाली निर्माण गर्नुपर्ने बताए । सरकारले त्यसतर्फ अग्रसरता देखाउनु पर्ने र प्रतिपक्षले त्यसमा सघाउन जरुरी रहेको उनको भनाई छ । संसदमा उभिएर सांसदहरूले बजेट माग गर्ने परिस्थिति अन्त्य गर्नुपर्ने उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस