भक्तराज आचार्यको अन्तिम संस्कार गरियो « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

भक्तराज आचार्यको अन्तिम संस्कार गरियो


१५ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । गायक तथा संगीतकार भक्तराज आचार्यको अन्तिम संस्कार गरिएको छ । आचार्यको हिन्दु संस्कारअनुसार आज अपराह्न पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको हो ।

उनका छोरा सत्यराज र स्वरूपराज आचार्यले दागबत्ती दिएर अन्तिम संस्कार गरेका हुन् । भक्तराजको अन्तिम संस्कारमा ठूलो सङ्ख्यामा कलाकार तथा शुभेच्छुक आर्यघाट पुगेका थिए ।

त्यसअघि भक्तराजको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस