पत्रकार भण्डारीद्वारा अक्षयकोषमा आर्थिक सहयोग « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

पत्रकार भण्डारीद्वारा अक्षयकोषमा आर्थिक सहयोग


१५ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । अछामको मंगलसेन नगरपालिका वडा नम्बर छ ठुलासैन निवासी पत्रकार सुशील भण्डारीले आफ्नो जन्मदिनको अवसरमा अक्षयकोषमा आर्थिक सहयोग गरेका छन् ।

उनले आफूले अध्ययन गरेको मालिका आधारभूत विद्यालय ठुलासैनमा आफैले स्थापना गरेको शैक्षिक अक्षयकोषमा आर्थिक सहयोग गरेका हुन् । आफ्नो जन्मोत्सवका अवसरमा उनले २०७८ फागुन १५ गते “सुशील शैक्षिक नामक अक्षयकोष” स्थापना गरेका थिए ।

नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य समेत रहेका भण्डारीले मंगलबार परेको जन्मदिनमा २७ हजार रुपैंया अक्षयकोषमा सहयोग गरेका हुन् ।

विद्यालयमा पढ्ने गरिब तथा जेहेन्दार विद्यार्थीको पठनपाठनमा सहजता होस भन्ने उद्देश्यले सुशील अक्षयकोष स्थापना गरेको अक्षयकोषकर्ता भण्डारीले बताए । आगामी दिनमा सो कोषलाई बढाउँदै लाने प्रतिबद्धतासमेत उनले व्यक्त गरेका छन् । भण्डारीले आफूले स्थापना गरेको अक्षयकोषमा तीन वर्षको अवधिमा ७९ हजार जम्मा गरेका छन् ।

जन्मदिनमा फजुल खर्च गर्नुभन्दा परोपकारी कार्य गरौँ भन्ने हेतुले जेहेन्दार र विपन्न विद्यार्थीलाई लक्षित गरी आफूले शैक्षिक अक्षयकोष स्थापना गरेको भण्डारीको भनाई छ ।

रकम सानो भएपनि यसको महत्त्व ठुलो रहेको र शैक्षिक जगतमा थोरै भएपनि सहयोग पुग्ने उनले उल्लेख गरे । कार्यक्रममा गरिब ,विपन्न तथा जेहेन्दार २० जना विद्यार्थीहरूलाई शैक्षिक सामाग्री र विद्यालय पोसाक वितरण गरिएको थियो ।

जन्मदिन विशेष आर्थिक सहयोग सहित शैक्षिक सामाग्री वितरण कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य मानबहादुर रावलले शिक्षामा गुणस्तरको मापदण्ड भनेको परीक्षामा उच्च अंक ल्याउनु मात्र गुणस्तर शिक्षाका रूपमा बुझ्न नसकिने बताएका छन्।

गुणस्तरीय शिक्षाको मापन समाजका सदस्यहरूको मानवता, समाजको हितमा हुने उसको व्यवहारले निर्धारण गर्ने बताए । गुणस्तरीय शिक्षा आजको आवश्यकता रहेको बताए । एक फरक प्रसङ्गमा बोल्दै रावलले विद्यालयमा भौतिक संरचनाको अभाव भएकोले त्यसको लागी आफूले पहल कदमी चाल्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस