२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनमत पार्टीद्वारा मधेश प्रदेश सभा बैठक अवरुद्ध

अ+ अ-

काठमाडौँ । जनमत पार्टीका प्रदेश सांसदहरूले मधेश प्रदेश सभा बैठक अवरुद्ध गरेका छन् । २०८० माघ ८ गते सप्तरीको राजविराजमा तत्कालीन शिक्षा तथा संस्कृतिमन्त्री महेश यादवसहित जनमतका सांसदहरूमाथि मुख्यमन्त्रीकै अगाडि हमला भएको विषयमा मुख्यमन्त्रीले जवाफ दिनुपर्ने माग गर्दै जनमतका सांसदहरूले प्रदेश सभा बैठक अवरोध गरेका हुन् ।

मंगलबार प्रदेश सभाको बैठक सुरु हुन साथ जनमत पार्टीका सांसदहरू उभिएर मुख्यमन्त्रीले जवाफ नदिए बैठक चल्न नदिने अडान लिएका थिए । साधारण विषयमा सधैँ संसद् अवरुद्ध गर्नु राम्रो नहुने भन्दै सभामुख रामचन्द्र मण्डलले संसद्को कारबाही अगाडि बढाउन खोज्दा जनमतका सांसदहरू रोष्टम घेराउ गर्दै मुख्यमन्त्रीविरुद्ध नाराबाजी गरेका छन् ।

विरोधकाबीच बैठकमा सभामुख मण्डलले खेलकुद तथा समाज कल्याणमन्त्री सुरिताकुमारी साहलाई प्रदेश बाल अधिकार ऐन २०७७ लाई संशोधनको प्रस्ताव पेस गर्न अनुमति दिएका थिए ।

मन्त्री साह रोष्टमतर्फ जाँदै गर्दा जनमत पार्टीका सांसदहरूले सरकार र मुख्यमन्त्रीविरुद्ध नाराबाजी गरेपछि प्रदेश सभा बैठक १० मिनेटकालागि स्थगित गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले फागुन ६ गते प्रदेश सभामा विश्वासको मत लिने पनि जनमतका सांसदहरूले बैठक अवरुद्ध गरेका थिए ।