बाइडेनले भने-इजरायल-हमासबीच आउँदो सोमवारसम्ममा युद्धविरामको घोषणा हुन सक्छ « प्रशासन
Logo १ बैशाख २०८१, शनिबार
   

बाइडेनले भने-इजरायल-हमासबीच आउँदो सोमवारसम्ममा युद्धविरामको घोषणा हुन सक्छ


१५ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र हमासबीच आउँदो सोमवारसम्ममा युद्धविरामको घोषणा हुन सक्ने बताएका छन् ।

कतारमा इजरायल र हमासका प्रतिनिधिहरूबीच भइरहेको वार्तामा केही प्रगति भएको रिपोर्टका बीचमा बाइडेनको सो टिप्पणी आएको हो । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकारले आफूलाई दिएको जानकारी अनुसार दुवै पक्ष युद्धविरामको नजिकै रहेको बाइडेनको भनाइ छ ।

न्युयोर्कमा पत्रकारहरूसँग कुरा गर्दै बाइडेनले इजरायलको मुख्य सहयोगी भएको नाताले आफू अब इजरायल युद्धविरामका लागि तयार हुने आशामा रहेको पनि बताएका छन् । इजरायलले हमासविरुद्ध अभियान चलाउँदा सर्वसाधारणको सुरक्षाको बारेमा सोच्नैपर्ने बाइडेनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस