२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अम्बर गुरुङको ‘नेपाली अर्केस्ट्रा’ बनाउने सपना   

अ+ अ-

काठमाडौँ । नेपाली गीत, सङ्गीतका क्षेत्रमा सङ्गीतसम्राटका रूपमा सम्झिने गायन, सङ्गीत र गीत रचनाका विलक्षण प्रतिभा अम्बर गुरुङको एउटा महत्त्वपूर्ण सपना थियो ‘नेपाली चेम्बर अर्केस्ट्रा’ बनाउने ।

तत्कालीन शाही नेपाल प्रज्ञा प्रतिष्ठानमै रहँदा उनले ६ जना जतिको अर्केस्ट्रा बनाउने सपना बुनेका थिए । उक्त सपना अहिलेसम्म पूरा हुन सकेन ।

 उनको ८६औं जन्मजयन्ती मनाइरहँदा सङ्गीत साधकहरूले त्यही कुरालाई घचघच्याइरहेका छन् । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानले उनको जन्मजयन्तीका अवसरमा सोमबार उनको सम्मानमा वरिष्ठ सङ्गीतकर्मीबीच काठमाडौंमा अन्तरक्रिया गरी स्मरण गरेको छ ।

उक्त प्रतिष्ठानका प्रथम कुलपति तथा नेपाली राष्ट्रिय गानका सङ्गीतकार हुन अम्बर गुरुङ । कार्यक्रममा उनको अर्केस्ट्रा बनाउने सपना पूरा हुन नसकेकामा सहभागीले चिन्ता प्रकट गरेका छन् ।

गुरुङसँग १५ वर्ष काम गरेका दीपक जङ्गम नेपाली अर्केस्ट्रा बनाउने उनको सपना पूरा गर्न सके त्योभन्दा ठूलो उपलब्धि अरू केही नहुने र उनको सच्चा सम्मान हुने बताउँछन् ।

उनले गुरुङ नेपाली गीत, सङ्गीत र नाट्य विधालाई अन्तर्राष्ट्रियस्तरको कसरी बनाउन सकिन्छ भनेर चिन्तनमनन गरिरहने व्यक्तिका रूपमा सम्झिए । ‘नेपालमा पनि गीत, सङ्गीताका धेरै विज्ञ हुनुहुन्छ, उहाँहरूको विज्ञतालाई प्रयोग गर्न सके पनि अम्बर दाइको सोच केही प्रतिशत पूरा हुन्छु,’ उनले भने ।

विसं १९९४ फागुन १४ गतेका दिन दार्जिलिङको लालढिकीमा उनको जन्म भएको थियो । उनका हजुरबुबा भारतीय सेनाको जागिरे भएर भारत गएका थिए ।

उनका बुबा उजिरसिंह गुरुङले पनि भारतीय सेनामै जागिर खाएका थिए । उनको पुर्ख्यौली थलो भने गोरखा जिल्लाको रिसिङ हो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले नेपाली राष्ट्रिय गानका सङ्गीतकार मात्रै भनेर अम्बर गुरुङको योगदानलाई नभुल्न आग्रह गरे । उनले स्मरण गरे, ‘अम्बर दाइको आफ्नै गायन, शब्द र सङ्गीत रहेको ‘उकाली चढ्दा पसिना पुछ्ने तिमी नभए अरू को होला‘ ले संवेदनामै हिर्काएको महसुस हुन्छ, अहाँकै शब्द र सङ्गीत रहेको ‘सम्हालेर राख‘’ बज्दा दाइको विम्ब मेरा अगाडि आउँछ ।’

अम्बर गुरुङलाई सङ्गीतको ऋषिमुनि मान्ने कुलपति राई जीवनको उत्तरार्धमा उनीसामु सङ्गीत भर्न अनुरोधका लागिभन्दा पनि उनका कुरा सुन्न जाने गरेको सुनाए ।

गुरुङलाई सम्झँदा नेपाल प्रवेशअघिको ‘नौ लाखे तारा‘’को समयलाई एउटा आयाम र नेपाल आएपछिको अवस्थालाई अर्को आयामका रूपमा बुझ्नुपर्ने उनले उल्लेख गरे । उनले गुरुङलाई सङ्गीतकार भन्दै गर्दा गीतकार र निबन्धकारको परिचयलाई नभुल्न आग्रह गरे ।

‘त्यसैले उहाँ ऐतिहासिक कडी जोडिएको व्यक्ति हो भन्छु म, कोही एउटै गीत, कविताले चर्चित हुन्छन् तर अम्बर दाइ एउटा गीत होइन जुनसुकै गीत, सङ्गीत हेर्नुहोस् कस्तो छ’, उनले भने ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्मा प्रथम कुलपति गुरुङको स्मरण गर्दा उनको योगदानका साथै डिप्रेसनमा गएको कुरा भुल्न नहुने बताइन् ।

त्यसबेला नाट्य निर्देशक सुनिल पोखरेललगायत व्यक्तिहरूले गीत गाउन लगाएर उनलाई ‘डिप्रेसन’बाट छुटाएको कुरा बिर्सन नहुने उनी बताउँछिन् । त्यो बेला उनलाई धेरैले बिर्सिएको अनुभव उनले सुनाइन् ।

कुलपति शर्माले प्रतिष्ठानमा आफू काम गर्नका लागि आएको र सबैको राय, सुझाव र सल्लाहकै आधारमा सङ्गीत नाट्यलाई अघि बढाउने सोच आफ्नो रहेको सुनाइन् । उनले भनिन्, ‘आउनुहोस्, छलफल गरौँ, बसौँ, कसरी अघि बढाउन सकिन्छ, सरकारलाई घच्घच्याउन सँगै जाऔँ, काम गर्न सकियो भने अम्बर गुरुङजस्ता अग्रजहरूको सपना पूरा गर्न सकिन्छ ।’

उनले अम्बर गुरुङको नेपाली अर्केष्ट्रा बनाउने सपना पूरा गर्नका लागि बजेट माग गरेर मन्त्रालयमा योजना पेस गरेको पनि सुनाइन् ।

गुरुङको ८६औं जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा प्रतिष्ठानका उपकुलपति शम्भु राई, सदस्यसचिव कुस्मा महरा, सङ्गीतकार अमूल कार्की, पूर्वसदस्यसचिव तथा रचनाकार श्याम तमोटलगायतले गीत(सङ्गीतको क्षेत्रमा अमर गुरुङको योगदान अतुलनीय रहेको र उनको सपना पूरा गर्न सबैको एकसाथ पहल जरुरी रहेको औँल्याए ।

कार्यक्रममा गायक तथा सङ्गीताकार विष्णु अधिकारी र तबलावादक कुमार महराजले ‘मेरो यो गीतमा जुन मुर्छना छ‘’, वरिष्ठ सङ्गीतकार एवं गायिका सङ्गीता प्रधानले ‘कति सम्हालौं चोटहरू‘’ र गायिका कुन्ती मोक्तानले ‘उकाली चढ्दा पसिना पुछ्ने तिमी नभए अरू को होला‘’ गीत प्रस्तुत गर्दै अम्बर गुरुङको योगदानलाई स्मरण गरेका थिए ।