२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दाङ क्रिकेट लिगमा दङाली लायन्स र पुरनधारा च्यालेन्जर्स विजयी 

अ+ अ-

दाङ । दाङको घोराहीमा दाङ क्रिकेट लिगको दोस्रो संस्करण सुरु भएको छ।

दाङ क्रिकेट सङ्घद्वारा आयोजित प्रतियोगिता अन्तर्गत पहिलो दिन सम्पन्न दुई खेलमा दङाली लायन्स र पुरनधारा च्यालेन्जर्स विजयी भएका छन्। दङालीले डिफेन्डिङ च्याम्पियन घोराही टाइगर्सलाई तथा पुरनधाराले देउखुरीलाई पराजित गर्‍यो।

आजको पहिलो खेलमा दङाली लायन्सले डिफेन्डिङ च्याम्पियन घोराही टाइगर्सलाई ९ विकेटले पराजित गर्‍यो। 

घोराही टाइगर्सले दिएको ११२ रनको लक्ष्य दङाली लायन्सले १६.१ ओभरमा मात्र १ विकेट गुमाएर पुरा गर्‍यो। 

दङाली लायन्सको लागि सन्तोष कार्की र बसिर अहमदले समान ४५ रन योगदान दिए। सन्तोषले ४६ बलमा ३ चौका तथा बसिरले ३९ बलमा ३ छक्का प्रहार गरे। राष्ट्रिय क्रिकेटर समेत रहेका बसिर खेलको प्लेयर अफ द म्याच घोषित भए। 

यस अघि टस जितेर ब्याटिङ रोजेको घोराही टाइगर्सले १८.२ ओभरमा १११ रन बनायो। 

घोराहीको लागि अर्जुन घर्तीले सर्वाधिक ३२ रन योगदान दिए। रबिन थापाले अविजित १४ तथा ब्रिशब सेन्चुरीले १३ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। राष्ट्रिय क्रिकेटर समेत रहेका ओपनर दिलीप नाथले २ रन मात्र बनाउन सके। 

दङाली लायन्सको बलिङमा शङ्कर रानाले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४३ ओभरमा २१ रन खर्चिए। प्रकाश जैसी र बिर बहादुर घर्ती मगरले २र२ तथा कप्तान विपिन खत्रीले १ विकेट लिए। 

दिनको दोस्रो खेलमा पुरनधारा च्यालेन्जर्सले देउखुरी वारियर्सलाई ५ विकेटले पराजित गर्‍यो।

देउखुरीले दिएको ९५ रनको लक्ष्य पुरनधाराले १२.३ ओभरमा ५ विकेट गुमाएर पुरा गर्‍यो। 

लक्ष्य पछ्याउने क्रममा पुरनधाराको लागि प्रनित थापाले सर्वाधिक २६, राजु रिजालले २० , रित गौतमले १८ तथा कृष्ण कार्कीले अविजित ११ रन योगदान दिए। देउखुरीको बलिङमा कप्तान विशाल विक्रम केसीले ३ विकेट तथा सुभम खनाल र दीपक बोहराले १/१ विकेट लिए। 

यस अघि टस जितेर ब्याटिङ गरेको देउखुरी वारियर्सले २० ओभरमा सबै विकेट गुमाएर ९४ रन बनायो। 

देउखुरीको लागि आशिष् ओलीले सर्वाधिक ३३, नारायण जोशीले २३ तथा विशाल विक्रम केसीले १६ रन योगदान दिए। पुरनधारा च्यालेन्जर्सको बलिङमा देब्रे हाते स्पिनर दीपेन्द्र रावत एक्लैले ४ विकेट लिए जुन क्रममा उनले ४ ओभरमा मात्र ७ रन खर्चिए। कृष्ण कार्की, मोहन खत्री र राजवीर सिंहले १/१ विकेट लिए।

प्रतियोगिता अन्तर्गत दोस्रो दिन मंगलबार पनि दुई खेल हुनेछन्। पहिलो खेलमा बिहान ९ः३० बजे दङाली लायन्स र तुलसीपुर रोयल्स तथा दोस्रो खेलमा दिउँसो १ः३० बजे पुरनधारा च्यालेन्जर्स र घोराही टाइगर्स बिच हुनेछ। 

प्रतियोगितामा पाँच फ्रेन्चाईज टोली सहभागी छन् जसमा सुशान्त सिंह थापा कप्तान रहेको घोराही टाइगर्स, विशाल विक्रम केसी कप्तान रहेको देउखुरी वारियर्स, मोहन खत्री कप्तान रहेको पुरन्धारा च्यालेन्जर्स, दिवान पुन कप्तान रहेको  तुलसीपुर रोयल्स तथा विपिन खत्री कप्तान रहेको दङाली लायन्स रहेका छन्। 

राउन्ड रोबिन फर्म्याटमा भइरहेको प्रतियोगिता फागुन १९ गते सम्म सञ्चालन हुनेछ।

प्रतिक्रिया दिनुहोस