बिमा सेवा प्रदायक स्वास्थ्य संस्थालाई बोर्डले दियो तीनबुँदे निर्देशन  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

बिमा सेवा प्रदायक स्वास्थ्य संस्थालाई बोर्डले दियो तीनबुँदे निर्देशन 


१४ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्ने सेवा प्रदायक संस्थालाई स्वास्थ्य बिमा बोर्डले तीनबुँदे निर्देशन दिएको छ । कतिपय स्वास्थ्य संस्थाले बिमा ऐनभित्र रहेर सेवा प्रदान गरेको नपाइएपछि बोर्डको यस्तो निर्देशन आएको हो । 

रोग पहिचान भएपछि सोही ब्यहोरा उल्लेख भएको डाक्टरको स्वीकृति समावेश गरी बिरामीलाई सेवा दिनुपर्नेछ । 

भिडियो एक्सरे गर्नेहरूको हकमा तालिम प्राप्त वा रेडियोलोजिष्ट हुनुपर्ने र कर्मचारीको पूर्ण विवरण बिरामीको रिपोर्टमा उल्लेख हुनुपर्नेछ । यस्तै, बिरामी रिफर गर्दा बिमा नियमावलीको अनुसूची-९ अनुसार फर्म अनिवार्य भर्न बोर्डले निर्देशन दिएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस