रासायनिक मल उद्योग खोल्ने अर्थमन्त्रीको घोषणा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

रासायनिक मल उद्योग खोल्ने अर्थमन्त्रीको घोषणा


१४ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष (आव) मा मुलुकमै रासायनिक मल उद्योग खोल्ने प्रक्रिया सुरु गर्ने घोषणा गरेको छ ।

आर्थिक वर्ष २०८१/८२ को बजेटको सिद्धान्त र प्राथमिकताबारे संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले रासायनिक मल उद्योग स्थापनाका लागि आवश्यक प्रक्रिया थालनी गर्ने बताएका हुन् ।

उनले रासायनिक मलको दिगो आपूर्तिको व्यवस्था मिलाउने घोषणा गरेका छन् । प्राकृतिक र प्राङ्गारिक खेतीलाई प्रोत्साहन गर्ने अर्थमन्त्री महतले घोषणा गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस