२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एन्फाको वार्षिक क्यालेण्डर सार्वजनिक

अ+ अ-

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले २०८०/८१ को वार्षिक क्यालेण्डर पारित गरेको छ । महिला र उमेर समूहदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरू समावेश गरिएको छ ।

सोमबार सार्वजनिक क्यालेण्डर अनुसार नेपालको शीर्ष डिभिजनको शहीद स्मारक ए डिभिजन लिग २०८१ पुसमा हुने छ ।

ए डिभिजन लिग अघि २०८१ को असोज/कात्तिकमा नेपाल सुपर लिग एनएसएल हुने छ ।

बी डिभिजन र सी डिभिजनका खेलहरू एउटै समय २०८० को चैतमा हुने क्यालेण्डरमा समावेश छ । क्लबहरूसँग छलफल गरेर नै क्यालेण्डर तय गरेको एन्फाका प्रवक्ता सुरेश शाहले बताए ।

२ वर्षपछि एन्फाले महिला फुटबल लिग सञ्चालन गर्ने घोषणा पनि गरेको छ । महिला लिगमा पहिलो राउन्डमा ७ प्रदेशले सिङ्गल राउन्ड रोबिनमा आधारित खेल खेल्नेछन् ।

ती मध्ये शीर्ष ३ ले २०८१ मा ३ विभागीय क्लब र विदेशी क्लबहरूसमेत सहभागी गराएर प्रतियोगिता गराउने एन्फाले जाएको छ ।

फुटसल प्रतियोगिता २०८१ वैशाख र जेठमा काठमाडौँ र पोखरामा हुनेछ । यू-१४ विद्यालयस्तरीय प्रतियोगितामा महिला र पुरुष दुवैको प्रतियोगिता जेठ र असारमा हुनेछ ।

यू-१६ युथ च्याम्पियनसिप २०८१ को साउनदेखि असोजसम्म हुने छ ।

ग्रासरुट लिग, प्रदेश स्तरीय लिग, एन्फा प्रेसिडेन्ट लिगलाई पनि क्यालेन्डरमा समावेश गरिएको छ । यी प्रतियोगिताहरू २०८१ साउनदेखि असोजसम्म हुनेछन् ।

ललित मेमोरियल यू-१८ युथ लिग, यू-१८ महिला युथ लिग कात्तिकदेखि पुससम्म हुनेछन् ।

अर्को वर्षको बी डिभिजन फुटसल लिग २०८१ असोज/कात्तिकमा हुनेछ । त्यस्तै, सी डिभिजन फुटसल लिग मंसिररपुसमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस