इलाम-२ को उपचुनावमा उम्मेदवारी दिने युवा उद्यमी शाहीको घोषणा « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

इलाम-२ को उपचुनावमा उम्मेदवारी दिने युवा उद्यमी शाहीको घोषणा


१४ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । इलाम क्षेत्र नम्बर २ मा आगामी वैशाख १५ मा हुने उपचुनावमा युवा उद्यमी अर्जुन विक्रम शाहीले उम्मेदवारी घोषणा गरेका छन् । शाही ग्रुप अफ इन्डस्ट्रिजका संस्थापक शाहीले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् ।

शाहीले राजनीतिक दलसँग पनि छलफल गरिरहेको बताउँदै युवाको आवाज र उद्यमशीलताको विषयलाई संसदमा बलियो ढंगले उठाउन उपचुनावमा उम्मेदवारी दिन चाहेको बताएका छन् ।

विज्ञान,कानून र अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातकोत्तर गरेका शाहीको कम्पनीले आइटी ,कृषि,पर्यटन ,मिडिया तथा ट्रेडिङ र कन्स्ट्रक्सन क्षेत्रमा लगानी गरेको जनाएको छ । नेपालको स्वच्छ पानीलाई विश्व बजारमा लैजानेगरी अहिले सो कम्पनीले काम गरिरहेको र आइटी अन्तर्गत वार्षिक १० करोडको कारोबार गरेर ४० जना प्रत्यक्ष रोजगार दिइरहेको दाबी गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस