विवादित मन्त्रीहरुबारे प्रधानमन्त्रीको जवाफ आजै चाहिन्छ : एमाले « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

विवादित मन्त्रीहरुबारे प्रधानमन्त्रीको जवाफ आजै चाहिन्छ : एमाले


१४ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । नेकपा एमालेले विवादित मन्त्रीहरुको सम्बन्धमा तत्काल जवाफ मागेको छ ।

फागुन ६ गतेदेखि विषय उठाउँदै आउको भएता पनि सरकारले जवाफ नदिएको भन्दै एमालेले सोमबार प्रतिनिधि सभामा विरोध जनाएको छ ।

‘प्रधानमन्त्रीले आजै जवाफ दिनुपर्छ । कि उहाँहरूले राजीनामा दिनुपर्यो कि बर्खास्त गर्नुपर्‍यो,’ एमालेको तर्फबाट धारणा राख्दै सांसद गोकुल प्रसाद बास्कोटाले भने, ‘सुप्रिमोमाथि को छ ?’

प्रधानमन्त्रीलाई सुप्रिमो भन्ने गरिएको उल्लेख गर्दै उनले प्रधानमन्त्रीमाथि कोही छ कि भन्दै प्रश्न गरेका हुन् । विवादित मन्त्रीहरुको सम्बन्धमा उनले सभामुखलाई स्पष्ट रुलिङ गर्न समेत माग गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस