पशुपति विकास कोषको जग्गा खोज्न पूर्व सचिव रेग्मीको नेतृत्वमा समिति गठन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

पशुपति विकास कोषको जग्गा खोज्न पूर्व सचिव रेग्मीको नेतृत्वमा समिति गठन


१३ फाल्गुन २०८०, आइतबार


काठमाडौँ । पशुपति क्षेत्र विकास कोषको जग्गा खोजीका लागि पूर्व सचिव डा. दामोदर रेग्मीको नेतृत्वमा समिति बनेको छ । 

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्री स्तरीय निर्णय गर्दै पशुपति क्षेत्र विकास कोषको नाममा देशभर रहेको जग्गा खोजीका लागि समिति बनाएको हो ।

मन्त्रालयले आइतावार पाँच सदस्यीय समितिको सदस्यमा पूर्व सहसचिव देवराज ढकाल, पशुपति क्षेत्र विकास कोषका कानुनी सल्लाहकार हरिनाथ ढकाल, मन्त्रालयको उप-सचिव शिवराज रेग्मी र पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव राजु केसी रहेका छन् ।

गुठी र क्षेत्र विकास कोषका नाममा लिच्छवी कालबाटै विभिन्न दाताले दान गरेको जग्गा पछिल्ला समय व्यक्तिले हडप्ने क्रम बढेसँगै खोजीका लागि समिति बनाइएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस