प्रि-बजेट प्रस्ताव सोमबार प्रतिनिधि सभामा प्रस्तुत गर्ने तयारी  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

प्रि-बजेट प्रस्ताव सोमबार प्रतिनिधि सभामा प्रस्तुत गर्ने तयारी 


१३ फाल्गुन २०८०, आइतबार


काठमाडौँ । आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटको प्रि-बजेट छलफलका लागि सोमबार प्रतिनिधि सभामा प्रस्ताव पेस हुने भएको छ ।

सभामुख देवराज घिमिरेको अध्यक्षतामा आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले आगामी १५ दिनका लागि संसद्को क्यालेन्डरलाई अन्तिम रूप दिँदै प्रि-बजेट छलफलको कार्यतालिका पारित गरेको हो । 

अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रि-बजेटमाथि छलफलको प्रस्ताव सोमबार ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा पेस गर्नेछन् ।

प्रतिनिधि सभाको आगामी १५ दिनको क्यालेन्डरअनुसार सोमबार प्रस्तुत हुने प्रि-बजेट छलफल प्रस्तावमाथि फागुन २१ देखि सांसदहरूले दलीय आधारमा छलफल गर्नेछन् । प्रि-बजेट छलफलका लागि फागुन २१, २२, २३ र ३० गते समय निर्धारण गरिएको छ । यसबीचमा केही विधेयकहरूलाई विधायिकी प्रक्रियामा अगाडि बढाउने कार्यसूची पनि तय भएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस