२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल नेदरल्याण्ड्ससँग ८ विकेटले पराजित

अ+ अ-

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत घरेलु मैदानमै भएको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपाल नेदरल्याण्ड्ससँग ८ विकेटले पराजित भएको छ ।

घरेलु मैदानमै भएको लिग २ मा नेपालको यो तेस्रो हार हो । यसअघि नेपाल नामिबियासागको दुवै खेलमा पराजित भएको थियो ।

त्रिवि मैदान कीर्तिपुरमा नेपालले दिएको १७३ रनको लक्ष्य नेदरल्याण्ड्सले ३७.५ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो । डच टोलीका लागि विक्रमजित सिंहले ९२ बल खेल्दै ७ चौका मदतमा अविजित रहँदै सर्वाधिक ५६ रन बनाए ।

यस्तै साएब्रान्ड एंगलब्रेक्टले७५ बल खेल्दै ३ चौका मदतमा अविजित ४६ रन बनाए । यो जोडीले तेस्रो विकेटका लागि १०२ रनको साझेदारी गरे ।

नेपालले दुवै ओपनरको विकेट लिएपनि त्यसपछि थप विकेट लिन नसक्दा तेस्रो हार बेहोरेको हो ।

नेदरल्याण्ड्सका ओपनर माइकल लेभिटले ३४ बलमा ३९ तथा म्याक्स ओ’डाउडले २६ बलमा २८ रन बनाए ।

नेपालका लागि ललित राजवंशी र दीपेन्द्र सिंह ऐरीले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९।३ ओभरमा सबै विकेट गुमाएर १७२ रन बनाएको थियो ।

यस सिरिजमा नेपालले खेलेका चार खेलमध्ये कुनै पनि खेलमा २०० रनको स्कवर बनाउन सकेन । नेदरल्याण्ड्स विरुद्ध बनाएको १७२ रन नै नेपालले सिरिजमा बनाएको सर्वाधिक स्कोर रह्यो ।

प्रतिक्रिया दिनुहोस