६३ प्रतिशत मात्र राजस्व संकलन  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

६३ प्रतिशत मात्र राजस्व संकलन 


१३ फाल्गुन २०८०, आइतबार


 काठमाडौँ । चालु आर्थिक वर्षको माघ महिनासम्म उदयपुरको राजस्व संकलन लक्ष्यभन्दा निकै कम भएको छ । आर्थिक वर्ष बितेको सात महिना पूरा हुँदासम्म राजस्व संकलन लक्ष्यको ६३ प्रतिशतमै सीमित रहेको करदाता सेवा कार्यालय गाईघाटले जनाएको छ।

कार्यालयले गते साउनयता माघ मसान्तसम्म ३९ करोड ७० लाख ८८ हजार रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएकोमा २५ करोड ६३ लाख मात्र संकलन गर्न सकेको छ। 

यो अवधिमा सबभन्दा बढी राजस्व आयकरवापत उठेको छ। आयकर यो अवधिमा १४ करोड ११ लाख ७४ हजार रुपैयाँ उठेको कार्यालयले जनाएको छ । 

कार्यालयका अनुसार ७ महिनाको अवधिमा यो अंक उठेपछि १८ करोड चार लाख ५० हजार आयकर उठाउने लक्ष्य लिएको कार्यालयले ७८.२३ प्रतिशत प्रगति गरेको छ। त्यसैगरी दोस्रो ठूलो राजस्व हिस्सा मूल्य अभिवृद्धि कर (भ्याट) बापत संकलन भएको छ। भ्याटबापत राजस्व अंक नौ करोड ४१ लाख ८५ हजार संकलन भएको छ।  

तेस्रो ठूलो राजस्व उपभोक्ता करवापत उठेको छ। उपभोक्ता करवापत एक करोड ३० लाख १९ हजार उठेको छ भने २९ लाख ४३ हजार ब्याज कर संकलन भएको छ। कार्यालयले २४ लाख ८३ हजार बहाल कर उठाएको छ। 

प्रतिशतका हिसाबले भन्ने हो भने सबभन्दा बढी प्रगति भने उपभोक्ता कर संकलनमा भएको छ। ४७.७३ प्रतिशत उपभोक्ता कर उठाउने लक्ष्य लिएको कार्यालयले १३३.३८ प्रतिशतले प्रगति गरेको छ।  

त्यसैगरी ब्याज करवापत ५५.४० प्रतिशत उठाउने लक्ष्य लिएको कार्यालयले ४६.४१ उठाएको छ। ५२.२० प्रतिशतको लक्ष्य लिएको भ्याट भने ४८.८२ मा सीमित हुन पुगेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस