सुनचाँदीको मूल्य बढ्यो « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सुनचाँदीको मूल्य बढ्यो


१३ फाल्गुन २०८०, आइतबार


काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ५०० रुपैयाँ बढेको छ भने चाँदीको मूल्य पाँच रुपैयाँ बढेको छ । 

आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै, तेजाबी सुन तोलामा एक लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । 

यस्तैगरी, चाँदीको मूल्य एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस