नेदरल्यान्ड्सविरुद्ध नेपालले गुमायो चौथो विकेट « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नेदरल्यान्ड्सविरुद्ध नेपालले गुमायो चौथो विकेट


१३ फाल्गुन २०८०, आइतबार


काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय शृङ्खलामा नेपालले नेदरल्यान्ड्सविरुद्ध चौथो विकेट गुमाएको छ । 

आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको नेपालले कप्तान रोहितकुमार पौडेललाई २४।३ ओभरमा गुमाएको हो । रोहितले नेपाली टिमको स्कोरबोर्डमा १७ रन थपे । 

जारी खेलको २५ ओभर समाप्त हुँदा नेपालले चार विकेट गुमाएर ८७ रन बनाएको छ ।

५४ रनमा ३ विकेट गुमाएको अवस्थामा रोहित र कुशल भुर्तेलबीच ३३ रनको साझेदारी भएको थियो । आर्यन दत्तले रोहितलाई आउट गरेका हुन् ।

नेदरल्यान्ड्सका आर्यन दत्त र भिभियान किङ्माले दुई दुई विकेट लिए । कुशल भुर्तेल ४१ रनमा खेल्दैछन् ।

पहिलो विकेटका रूपमा ४२ रनको साझेदारी गरेको नेपालले ५० रनको स्थितिमा दोस्रो विकेट गुमाएको थियो । चार रन लगत्तै तेस्रो विकेट पनि खेर गएको थियो । नेपालका आसिफ शेख १७, अनिल शाह ७ र कुशल मल्ल २ रनमा आउट भए ।

Tags :
प्रतिक्रिया दिनुहोस