२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पीएसएलमा कराची किंग्सको दोस्रो जित

अ+ अ-

काठमाडौँ । पाकिस्तान सुपर लिग (पीएसएल) मा कराची किंग्सले दोस्रो जित निकालेको छ । शनिबार राति लाहोरमा सम्पन्न खेलमा कराचीले लाहोर क्वालन्दर्सलाई २ विकेटले पराजित गरेको हो । लाहोरको भने यो लगातार चौथो हार हो ।

पहिला ब्याटिङ गरेको लाहोरले निर्धारित ओभरमा ६ विकेट गुमाएर १७५ रन बनाएको थियो । जवाफमा अन्तिम ओभरको अन्तिम बलमा ८ विकेट गुमाएर कराचीले २ विकेटको जित निकाल्यो ।

पहिला ब्याटिङ गर्दा लाहोरका लागि ओपनर सहिव जदा फरानले ४५ बलमा ७२ रनको नटआउट पारि खेल्दा रसे भान डर डुसेनले २६ रन बनाए । यसैगरी जर्ज लिन्डेले पनि नटआउट २६ रन बनाउँदा साइ होपले २१ रन जोडे । कराची किंग्सका मिर हम्जा, हसन अली र तबरेज सम्सीले समान दुई/दुई विकेट लिए ।

१७६ रनको जवाफी लक्ष्य पछ्याएको कराचीको सुरुआत राम्रो थिएन । मध्यक्रममा किरोन पोलार्डले ३३ बलमा ५८ रनको विस्फोटक पारि खेल्दै टिमलाई जितको लिकमा लगेका थिए । यस्तै, सोहेब मलिकले ३९ रन बनाउँदा मोहम्द नवाजले १५ रनमात्रै जोडे ।

कराचीलाई जितका लागि ११ रन आवश्यक रहँदा व्याटिङ गरिरहेका अली र इरफान खानले जित दिलाए । अली आउट हुँदा अन्तिम बलमा एक रन आवश्यक भएका बेला विजयी रन भने मिर हम्जाले प्रहार गरेका थिए । लाहोरका जमान खान र अहसन हफिजले दुई दुई विकेट लिँदा सहेन साह अफ्रिदी, जनदाद खान र हरिस रौफले एक /एक विकेट हात पारे ।

पीएसएलमा आज भने डबलहेडर गेम हुने छ । दिउँसो पौने ३ बजे मुल्तान सुल्तान र क्वेटा ग्लाडियटर्सबीच प्रचिस्पर्धा हुँदा राति पौने ८ बजे लाहोर क्वालन्दर्स र पेसावर जाल्मीबीच खेल हुने छ ।

प्रतिक्रिया दिनुहोस