बालकुमारी घटनाबारे अध्ययनमा छु : प्रधानमन्त्री ‘प्रचण्ड’ « प्रशासन
Logo २८ भाद्र २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

 बालकुमारी घटनाबारे अध्ययनमा छु : प्रधानमन्त्री ‘प्रचण्ड’


१२ फाल्गुन २०८०, शनिबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालकुमारी घटनाको छानबिन गर्न गठित समितिले बुझाएको प्रतिवेदन आफूले अध्ययन गरिरहेको भन्दै अध्ययन पश्चात् मात्रै दोषीलाई कारबाहीको लागि निर्णय गर्ने बताएका छन् । 

शनिबार बिहान सिंहदरवारमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले बालकुमारी घटनाको प्रतिवेदन आफूले प्राप्त गरिसकेको र अध्ययनकै क्रममा रहेको जानकारी गराएका हुन् ।

दाहालले भने, ‘बालकुमारी घटनाको प्रतिवेदन अध्ययन गरेर निर्णय गरिन्छ । आयोग बनाएर छानबिन गर्ने निर्णय सरकारकै हो । प्रतिवेदन अध्ययनको प्रक्रियामा छ। अध्ययनपश्चात् आवश्यक निष्कर्षमा पुग्छौं।’

बालकुमारी घटनामा छानबिन गर्न गठित समितिले बुझाएको प्रतिवेदनमा बहालवाला भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालगायतका अधिकारीहरू दोषी पाइएको बताइएको छ । 

गत पुस १३ मा ललितपुरको बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयमा विवाद हुँदा भएको प्रदर्शनमा प्रहरीले गोली चलाएपछि अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो ।

दुई युवाको ज्यान जानेगरी भएको घटनाको प्रधानमन्त्री दाहालले नै निष्पक्ष छानबिन गराउने प्रतिबद्धता संसदको रोस्टममा उभिएर गरेका थिए । तर, छानबिन समितिले दोषी किटान गरेरै प्रतिवेदन बुझाउँदा पनि सरकारले दोषीलाई कारबाही गरेको छैन । प्रतिपक्षी दल लगायतले लगातार दोषीलाई कारबाहीको माग गर्दै सदन प्रधानमन्त्रीको जवाफ मागिरहेका छन् । 

शुक्रबार प्रतिनिधि सभा बैठकमा बोलेका अधिकांश सांसदहरुले बालकुमारी घटनाका  दोषीलाई कारबाहीको माग गर्दै सरकारको जवाफ मागे । विशेषगरी प्रतिपक्षी दल नेकपा एमाले,राष्ट्रिय स्वतन्त्र पार्टी,राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र सांसदहरुले जोड दिएरै लगातार मन्त्रीको राजीनामा मागेका छन् । 

संघीय संसदमा जवाफ नदिएको सरकारले आज बालकुमारी घटनाको प्रतिवेदनबारे क्षेत्राधिकार सरकारको भएको र प्रतिपक्षले राजनीतिक संस्कार देखाउनुपर्ने टिप्पणी प्रधानमन्त्री दाहालले गरेका छन् । ‘यो सरकारको क्षेत्राधिकार हो। प्रतिपक्षले राजनीतिक संस्कार देखाउनुपर्छ,’प्रधानमन्त्री दाहालले भनेका छन् ।

बैठकमा दाहालले आगामी मन्त्रिपरिषद् बैठकपछि सरकारको तर्फबाट संसदमा विधेयकहरू प्रस्तुत गर्ने तयारी गरेकाले प्रस्तुत विधेयकहरू पारित गराउन सांसदहरूलाई  निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

‘आउने क्याबिनेट बैठकमा छलफल गरेर संसदमा विधेयकहरू पेश गर्ने सरकारको तयारी छ । विधेयकहरू पारित गराउन तपाईँहरूले प्रभावकारी भूमिका खेल्नुहोस् ।’

Tags :
प्रतिक्रिया दिनुहोस