परराष्ट्र मन्त्री साउदको भारत भ्रमण, राम मन्दिर दर्शन गर्न आज अयोध्या जाँदै « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

परराष्ट्र मन्त्री साउदको भारत भ्रमण, राम मन्दिर दर्शन गर्न आज अयोध्या जाँदै


१२ फाल्गुन २०८०, शनिबार


काठमाडौँ । रायसिना डायलगमा भाग लिन भारत पुगेका नेपालका परराष्ट्रमन्त्री एनपी साउद आज अयोध्यास्थित राम मन्दिरको दर्शन गर्न जान लागेका छन् । 

उनले अयोध्याको बहुचर्चित राम जन्मभूमिस्थित राम मन्दिरमा पूजा गर्ने कार्यक्रम रहेको उनको सचिवालयले बताएको छ । राम मन्दिर दर्शन गर्ने मन्त्री साउद नेपाल सरकारका पहिलो प्रतिनिधि पनि हुने छन् । 

मन्दिर क्षेत्रमा परराष्ट्रमन्त्री साउदलाई श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका महासिचब चम्पत राय सहितका अन्य पदाधिकारीहरूले स्वागत गर्ने जनाइएको छ । परराष्ट्रमन्त्री साउदले राम मन्दिरमा चाँदीले बनाइएको तीर धनुष, गदा, र अन्य शृगांरका सामाग्रीहरू चढाउने छन् । 

परराष्ट्रमन्त्रि साउद आजै साँझ सरयू घाटमा हुने आरतीमा समेत सहभागी हुनेछन् भने उनले अयोध्यामै रहेको हनुमानगढी मन्दिरमा पनि पूजा गर्ने र आजै अयोध्यास्थित नेपाली मन्दिरमा पनि पूजाअर्चना र दर्शन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जानकारी गराएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस