काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’कै नेतृत्वमा नेपालमा समाजवाद स्थापना गर्ने बताएका छन्।
शुक्रवार २३ औँ मजदुर बलिदान दिवस तथा पुस्तक विमोचन कार्यक्रमलाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्बोधन गर्दै उनले माओवादीको क्रान्तिको दिशा मात्रै बदलिएको तर क्रान्ति नछोडेको बताए।
माओवादीको क्रान्ति अझै पनि जारी रहेको भन्दै उनले जनयुद्धले नै अहिलेको व्यवस्था ल्याएको बताए।
मुख्यमन्त्री जम्कट्टेलले मजदुर वर्गको पेसागत र राजनीतिक अधिकार प्राप्त भएको व्यवस्था भनेको समाजवाद नै रहेको दाबी गरेका छन्।