नामिबियाले नेदरल्यान्ड्सलाई दियो २०३ रनको लक्ष्य « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नामिबियाले नेदरल्यान्ड्सलाई दियो २०३ रनको लक्ष्य


११ फाल्गुन २०८०, शुक्रबार


काठमाडौँ। विश्वकप लिग-२ क्रिकेटअन्तर्गत नेपालमा जारी पहिलो त्रिदेशीय एक दिवसीय अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत आफ्नो चौथो खेलमा नामिबियाले नेदरल्यान्ड्सलाई २ सय ४ रनको लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदानमा टस हारेपछि पहिला ब्याटिङको जिम्मा पाएको नामिबिया ४१.३ ओभरमा २ सय ३ रनमा अलआउट भयो ।

जारी शृङ्खलामा पहिला ब्याटिङ गर्ने टोलीले २ सय रन कटाएको यो पहिलो पटक हो। अघिल्ला चारवटै खेलमा पहिला ब्याटिङ गर्ने टोली अलआउट भएका थिए।

नामिबियाका जान निकोल लफ्टी इटनले ४९ र मलान क्रुगरले ३९ रन बनाए। जान फ्रालिंकले पनि ३४ रन जोडे। नामिबियाले छैटौँ विकेटका लागि ७८ रनको साझेदारी गरेको थियो।

नेदरल्यान्ड्सका भिभियान किङ्माले ३ तथा आर्यन दत्त र रोएलफ भान डर मार्वेले २र२ विकेट लिए। शृङ्खलामा नामिबियाले तीनमध्ये २ खेल जितेको छ भने २ खेल खेलेको नेदरल्यान्ड्सले एक जित र एक हारको नतिजा निकालेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस