सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक एक हप्ताभित्र टुंग्याऔं : रमेश लेखक « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक एक हप्ताभित्र टुंग्याऔं : रमेश लेखक


११ फाल्गुन २०८०, शुक्रबार


काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक एक हप्ताभित्र टुङ्गोमा पुर्‍याउन आग्रह गरेका छन् । कानून, न्याय तथा मानव अधिकार समितिलाई उनले सो आग्रह गरेका हुन् र

संघीय संसद् प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको शुक्रवार बसेको बैठकमा उनले पीडित, नागरिक समाज र सञ्चारमाध्यमको दबाबलाई समेत ख्याल गरेर यो विधेयक फागुन १९ गते भित्र टुङ्गो लगाई सक्नुपर्ने प्रस्ताव गरेका हुन् ।

प्रमुख सचेतक लेखकले सो विधेयकमा १/२ विषय मात्रै सहमति हुन बाँकी रहेकाले एक पटक बैठकमा छलफल गरी टुङ्ग्याउने प्रयास गर्ने र नभए त्यसलाई संसद्को पूर्ण बैठकले टुङ्गो लगाउने गरी संसद्मा पठाउन ढिलाइ गर्न नहुने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस