आज नामिबिया र नेदरल्याण्ड्स भिड्दै गर्दै  « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

आज नामिबिया र नेदरल्याण्ड्स भिड्दै गर्दै 


११ फाल्गुन २०८०, शुक्रबार


काठमाडौँ । आइसीसी विश्व कप लिग-२ क्रिकेटमा आज नामिबिया र नेदरल्याण्ड्स भिड्दै छन् । 

नामिबिया र नेदरल्याण्ड्सबीचको खेल आज बिहान साढे ९ बजेदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरुहुने छ । तर, काठमाडौंमा बिहीबार अपरान्ह पानी परेकाले खेल ढिला गरी सुरु हुन सक्ने सम्भावना रहेको छ ।

लिग-२ मा नामिबिया नेदरल्याण्ड्ससँग पहिलो खेलमा पराजित भएको थियो भने नेपालविरुद्ध भने दुवै खेल जित्दै शीर्ष स्थानमा रहेको छ ।

नेदरल्याण्ड्स नेपालसँग पराजित भएको थियो भने नामिबियालाई पराजित गरेको थियो ।

विश्वकप लिग टूमा ८ टिमले प्रतिस्पर्धा गरेका छन् । जसको शीर्ष चारमा पर्ने टिमले विश्वकपको ग्लोबल क्वालीफायरमा प्रतिस्पर्धा गर्ने छन् ।

आइसीसीका अनुसार लिग–२ मा शीर्ष ४ स्थानमा रहने टिम विश्वकप क्वालिफायरमा छनौट हुने छन् भने पछाडि रहेका ४ देशले पनि विश्वकपमा छनौट हुने अवसर पाउने छन् । आजको खेलपछि सिरिजको अन्तिम खेलमा आइतबार नेपालले नेदरल्यान्ड्सको सामना गर्ने तालिका रहेको छ ।   

Tags :
प्रतिक्रिया दिनुहोस