वडाध्यक्षसहित तीनजना भ्रष्टाचार मुद्दामा दोषी ठहर « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

वडाध्यक्षसहित तीनजना भ्रष्टाचार मुद्दामा दोषी ठहर


१० फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । विशेष अदालतले भ्रष्टाचार मुद्दामा वडाध्यक्षसहित तीन जनालाई दोषी ठहर भएका छ । दैलेखको आठबिसकोट नगरपालिका-८ का वडाध्यक्ष मुक्तिप्रसाद उपाध्यायसहित तीन जना दोषी ठहर भएका अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताए । 

अख्तियारका अनुसार गणेश आधारभूत विद्यालयले बजेट नै विनियोजन नगरकोमा आईसीटी व्यवस्थापनका लागि वडाध्यक्ष उपाध्याय, व्यवस्थापन समितिका अध्यक्ष सन्तकबहादुर कामी र विद्यालयका प्रधानाध्यापक अनिलकुमार शाहीले सोलार खरिद प्रक्रिया अघि बढाएका थिए । उनीहरूले कोटेसन आह्वान गर्ने, कोटेसन छनोट गर्ने र सामग्री नै खरिद नगरी खरिद गरिसकेको भन्दै विद्यालय व्यवस्थापन समितिको निर्णयमार्फत झुटा बिल बनाएर आठबिस नगरपालिका-८ को कार्यालय हुँदै नगर कार्यपालिकामा चार लाख ९८ हजार रकम भुक्तानी दाबी गरेका थिए ।

उनीहरूले रकम भुक्तानी नलिए पनि गैरकानुनी लाभ लिन गलत लिखत तयार गरी भ्रष्टाचार गरेको विशेष अदालतले ठहर गरेको प्रवक्ता कार्कीले बताए ।

अदालतका न्यायाधीश डा. खुशीप्रसाद थारू, तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले व्यक्तिगत लाभका लागि गलत बिल तयार पार्ने वडाध्यक्ष उपाध्याय, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विश्वकर्मा र प्रधानाध्यापक शाहीलाई जनही १० हजार जरिवाना हुने फैसला गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस