पैसा नभएपछि योजना काट्न वडा र महाशाखालाई महानगरको पत्र « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

पैसा नभएपछि योजना काट्न वडा र महाशाखालाई महानगरको पत्र


१० फाल्गुन २०८०, बिहिबार


पोखरा । पोखरा महानगरपालिकाले २५ प्रतिशत योजना काट्ने भएको छ ।

प्रक्षेपित राजश्व र संघ तथा प्रदेशबाट आउने अनुदान घट्ने भएको भन्दै महानगरले योजनामा कटौती गर्न वडाहरूलाई परिपत्र गरेको हो । बिहीबार प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले एक परिपत्र जारी गर्दै अहिलेसम्म सम्झौता नभएका योजना कार्यान्वयन नगर्न भनेका छन् ।

‘प्रक्षेपित राजश्व उठ्ने सम्भावना कम भएको, कर छुटलाई असारसम्म विस्तार गरेको तथा समानीकरण र राजश्व बाँडफाँटको आम्दानी हुनुपर्ने रकम समेत तोकिएको अनुमान भन्दा न्यून मात्र प्राप्त हुने भएकोले यस वर्षको खर्चमा कटौती गर्ने गरी महानगर प्रमुख स्तरीय निर्णय भएकोले कडाइका साथ कार्यान्वयन गर्न अनुरोध छ,’ सबै वडामा पठाइएको परिपत्रमा भनिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस