काँग्रेस महासमिति बैठकद्वारा गठबन्धन नगर्ने गगनको प्रस्तावसहित चार प्रतिवेदन पारित « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

काँग्रेस महासमिति बैठकद्वारा गठबन्धन नगर्ने गगनको प्रस्तावसहित चार प्रतिवेदन पारित


१० फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसको जारी महासमिति बैठकमा पेश गरिएका चार वटा प्रस्तावहरू सर्वसम्मतिले पारित भएका छन् ।

उपसभापति पूर्णबहादुर खड्काले पेश गरेको नीति प्रस्ताव, महामन्त्री गगन थापाले पेश गरेको सांगठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले पेश गरेको समसामयिक राजनीतिक प्रस्ताव र लेखा समिति संयोजक श्याम घिमिरेले पेश गरेको लेखा परीक्षण प्रतिवेदन सर्वसम्मतिले पारित भएका हुन् ।

महामन्त्री थापाले चार वटै प्रस्ताव पारित गरिदिन गरेको आग्रहमा महासमिति सदस्यहरूले ताली बजाएर काँग्रेस केन्द्रीय समितिले अनुमोदन गर्ने गरी चार वटै प्रस्ताव सर्वसम्मतिले पारित गरिएको हो । गगनले चुनावी गठबन्धन नगर्ने प्रस्ताव पेश गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस