काठमाडौँ । नेपाली काँग्रेसको जारी महासमिति बैठकमा लफडा भएको छ ।
बागमतीका सभापति इन्द्र बानियाँले संयुक्त छलफलपछि निष्कर्ष सुनाउने क्रममा तनाव सिर्जना भएको हो । गगन थापाले प्रस्तुत गरेको प्रतिवेदनलाई लिएर चुनावी गठबन्धन गर्ने या नगर्ने भन्ने विषयमा विवाद भएको बताइएको छ ।
बानियाँले गण्डकी र बागमती प्रदेश समूहमा भएको छलफलको निष्कर्ष पेस गर्न सुरु गरेसँगै हलमा महामन्त्री थापा समर्थकले नाराबाजी गरेका छन् ।