फोहोरलाई स्रोतमै वर्गीकरण र अभिलेखन गर्न भरोसा र भेनस अस्पताललाई सुझाव « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

फोहोरलाई स्रोतमै वर्गीकरण र अभिलेखन गर्न भरोसा र भेनस अस्पताललाई सुझाव


१० फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले फोहोरलाई स्रोतमै वर्गीकरण गर्न, प्रकृति र मात्राको अभिलेखन गर्न अस्पतालहरूलाई सुझाव दिएको छ ।

आज मध्य बानेश्वरमा रहेका भरोसा र भेनस अस्पतालहरूको अनुगमनका क्रममा सुझाव दिँदै महानगरका अधिकारीहरूले अहिलेको अनुरोधलाई सुधारको मौकाका रूपमा लिन आग्रह गरेका छन् ।

२५ वेडको अस्पतालमा कति फोहोर उत्पादन हुन्छ भनेर अभिलेख नराखिएको पाइएको महानगरको भनाइ छ ।

मध्य बानेश्वरकै भेनस अस्पतालको फोहोर व्यवस्थापन प्रणाली कमजोर रहेको अनुगमन टोली बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस