पार्टी फुटाउने तत्त्वसँग एकता हुँदैन : ओली « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

पार्टी फुटाउने तत्त्वसँग एकता हुँदैन : ओली


१० फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) पार्टीसँग एकता नहुने बताएका छन्।

बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा विभिन्न पार्टी परित्याग गरी आएका नेता-कार्यकर्तालाई एमालेमा प्रवेश गराउँदै उनले यस्तो बताएका हुन् ।

दुई तिहाइको पार्टी फोडेकोमा पश्चात्ताप नगर्ने, पार्टी कमजोर बनाउने, दुई तिहाइको सरकार ढालेर दक्षिणपन्थी सरकार बनाएकोमा पश्चात्ताप नगर्नेहरूलाई एमालेमा प्रवेश नगराउने उनले बताए।

उनले अहिले पार्टी प्रवेशको लहर तीव्र गतिमा बढिरहेको जिकिर गरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस