बालकुमारी घटनाको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

बालकुमारी घटनाको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन


१० फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । एमालेको भातृ संगठन (अनेरास्ववियु)ले आज देशैभरका क्याम्पस अगाडि थाल बजाएर प्रदर्शन गरेको छ । बालकुमारी घटनाको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै देशैभरका क्याम्पसबाट खबरदारी प्रदर्शन गरेको हो ।

ललितपुरस्थित पाटन क्याम्पस अगाडि गरिएको प्रदर्शनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको राजीनामा पनि माग गरिएको थियो । 

प्रतिवेदनमा मन्त्री ज्वालालाई दोषी करार गरिएको भएपनि राजीनामा नदिएको भन्दै नेकपा एमालेले समेत विरोध गर्दै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस