२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस महासमिति बैठकमा पाँच वटा प्रतिवेदनमाथि समूहगत छलफल

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको महासमिति बैठकको तेस्रो दिन नेताहरूले राखेका पाँच वटा प्रतिवेदनमाथि समूहगत छलफल भएको छ ।

बुधवार नेपाली काँग्रेसको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले पत्रकार सम्मेलनमा मङ्गलवार प्रस्तुत भएका प्रतिवेदनमाथि महासमिति सदस्यहरूले समूह बनाएर छलफल गरेको बताए ।

उनले महासमिति बैठकमा महासमिति सदस्यहरूले उपसभापति पूर्णबहादुर खड्काको नीति, महामन्त्री गगन थापाको सांगठनिक प्रस्ताव, डा. प्रकाश शरण महतको वर्तमान अर्थतन्त्र भावी सम्भावना कार्यदिशा प्रस्ताव र लेखा समिति संयोजक श्याम घिमिरेको लेखा प्रतिवेदनका विषयमा समूहगत छलफल भएको बताए ।

उनले देशभरबाट आएका महासमिति सदस्यहरूले प्रतिवेदनमा आफ्नो विचार राखेको जानकारी दिए । उनले गोदावरी हलमा ११० जना, विशंखुनारायण हलमा ९५ जना र अर्को हलमा ९० जना सदस्यहरूले सुझाव दिएको बताए ।

उनले महासमिति सदस्यहरूले नेपाली काँग्रेसले प्रभावकारी भूमिका खेल्नुपर्ने,पार्टीको विधान पालना गर्नुपर्ने, प्रदेश संरचनालाई बलियो बनाउन अधिकार दिनुपर्ने, गणतन्त्रमाथि देखिएका खतरालाई रोक्न नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने, पार्टी संगठनलाई सक्रिय बनाउनुपर्ने, भ्रातृ तथा शुभेच्छुक संस्थाहरूलाई पूर्णता दिनुपर्ने धारणा राखेको बताए ।

उनले सामाजिक न्यायका लागि नेपाली काँग्रेसलाई सामाजिक आन्दोलनसँग जोड्नुपर्ने, आधुनिक कृषि प्रणालीसँग जोड्नुपर्ने, पूर्वाधार निर्माणमा जोड दिन आवश्यक रहेको बताएको पनि विश्वकर्माले बताए ।

प्रमुख विश्वकर्माका अनुसार महासमिति सदस्यहरूले आर्थिक स्रोतको सदुपयोग गर्ने विदेशी सहयोग भित्र्याउनुपर्ने, युवा पलायनलाई रोक्न रोजगारी सिर्जना गर्नुपर्ने, उद्योग कलकारखाना स्थापनामा जोड दिनुपर्ने आवाज उठेको पनि बताए ।

उनले सरकार र पार्टीबीचको समन्वय बढाउनुपर्ने,जलवायु परिवर्तनको विरुद्ध प्रभावकारी कदम चाल्नुपर्ने, क्रियाशील सदस्यलाई पारदर्शी बनाउनुपर्ने लगायतका विषयमा जोड दिएको बताए । बिहीबार दिउँसो २ बजेदेखि समापन समारोह हुने पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस