मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया स्थगित « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया स्थगित


९ फाल्गुन २०८०, बुधबार


काठमाडौँ । मापदण्डमा विवाद भएपछि सुदूरपश्चिम र मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया स्थगित भएको छ ।

आवेदकहरूले उपकुलपतिको मापदण्ड कडा बनाएको गुनासो गरेपछि नियुक्ति प्रक्रिया स्थगित भएको उपकुलपति छनोट तथा सिफारिस समितिले जनाएको छ ।

स्रोतका अनुसार कुलपति एवम् प्रधानमन्त्रीकै चाहनामा छनोट प्रक्रिया स्थगित गरिएको हो । समितिले सुदूरपश्चिम र मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति छनोट मापदण्डमा अनुसन्धानलाई ३५ अंक छुट्याएको छ । अन्तर्वार्ता र विश्वविद्यालयको कार्ययोजना प्रस्तुतिलाई कम प्राथमिकता दिइएको छ ।

अब कार्यविधि संशोधन अथवा कसरी अगाडि बढ्ने भन्ने विषयमा समितिको बैठक बसेर निर्णय गर्ने तयारी भइरहेको छनोट तथा सिफारिस समितिका संयोजक तथा विश्वविद्यालय अनुदान आयोगले जनाएको छ ।

यता त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोटका लागि भने अनुसन्धानलाई ६ अंक र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति छनोटका लागि १६ अंक अनुसन्धानलाई छुट्ट्याइएको थियो । त्यही मापदण्डलाई आधार मानेर आवेदकहरूले आपत्ति जनाइरहेको समितिले जनाएको छ ।

समितिले गत २६ माघमा सूचना निकालेर उपकुलपति पदमा दर्खास्त आह्वान गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस