काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले दिएको १६९ रनको लक्ष्य पछ्याएको नामिबियाले तेस्रो विकेट गुमाएको छ।
नेपालका लागि कुशल मल्लले तेस्रो विकेट लिएका हुन्। उनले आफ्नो स्पेलको पहिलो बलमै विकेट लिएका हुन्। उनले मिकेल भानलाई ३१ रनमा विकेटकिपर आसिफ शेखबाट स्टपपिन गराए।
निकोलास डिभन १.४ ओभरमा ८ रनमा रनआउटको सिकार भए। यस्तै ४.१ ओभरमा नेपालका कप्तान रोहित पौडेलले नामिबियाका जेपी कोट्जेलाई ३ रनमा बोल्ड गरे।