प्रतिवेदनमा सुझावका लागि काँग्रेस महासमिति सदस्यले ५ मिनेट पाउने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

प्रतिवेदनमा सुझावका लागि काँग्रेस महासमिति सदस्यले ५ मिनेट पाउने


९ फाल्गुन २०८०, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसका महासमिति प्रतिनिधिले प्रतिवेदन माथि बोल्न पाँच मिनेट समय पाउने भएको छन् ।

बैठक तेस्रो दिन चार समूहमा विभाजन गरेर पाँच प्रतिवेदनमाथि छलफल सुरु भएको छ । २२ सय बढी प्रतिनिधिलाई चार समूहमा विभाजन गरिएको छ । प्रतिवेदन माथि बोल्न चाहनेका लागि पाँच मिनेट समय तोकिएको छ ।

समूहगत विभाजनबाट सबैले धारणा राख्न सक्ने गरी व्यवस्था गरिएको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी गराए ।

सम्मेलन केन्द्रको मुख्य हल गोदावरी हलमा कोशी र सुदूरपश्चिम प्रदेश, कोन्ज्योसोम हलमा लुम्बिनी प्रदेश, भातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिहरू, फूलचोकी हलमा बागमती र गण्डकी प्रदेश र विशंखुनारायण हलमा मधेश र कर्णाली प्रदेशको समूहगत छलफल जारी रहेको छ । काँग्रेसको महासमिति बैठक बिहीबार सकिँदैछ ।

बुधबार उपसभापति पूर्णबहादुर खड्काले नीतिगत प्रतिवेदन, महामन्त्री गगनकुमार थापाको सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक राजनीतिक प्रतिवेदन र काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले देशको वर्तमान आर्थिक, अवस्था, सम्भावना र भावी योजना तथा लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन पेस गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस