फागुन १५ गते बागमती प्रदेश सभा बैठक आह्वान « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

फागुन १५ गते बागमती प्रदेश सभा बैठक आह्वान


८ फाल्गुन २०८०, मंगलबार


हेटौँडा । बागमती प्रदेश सरकारले फागुन १५ गते प्रदेश सभा बैठक आह्वान गरेको छ । मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले १५ गते दिउँसो तीन बजेका लागि आह्वान गर्ने निर्णय गरेको हो ।

बागमती प्रदेश सरकारका आर्थिक मामिला मन्त्री बहादुरसिंह लामाले प्रतिपक्षहरूसँग छलफलको लागि फागुन १३ गते सर्वदलीय बैठकको आव्हान गरिने बताए । सरकारले प्रतिपक्षी दलसँग छलफल नै नगरी बजेट ल्याएको भन्दै विरोध जनाइरहेका छन् ।

हिउँदे अधिवेशन चैत्र भित्रमा सक्नुपर्ने भएकाले बैठक आह्वान भएको र बजेमा प्रतिपक्षी दलका नेताहरूसँग छलफल हुने मन्त्री लामाले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस