जनताको मुद्दा कार्यान्वयन गराउन सडकमा उत्रिने सरकारलाई एमालेको चेतावनी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

जनताको मुद्दा कार्यान्वयन गराउन सडकमा उत्रिने सरकारलाई एमालेको चेतावनी


८ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । नेकपा एमालेले जनताको मुद्दा ज्युँका त्युँ छाडेर आफू टाढा बस्न नसक्ने बताएको छ।

आजबाट सुरु भएको केन्द्रीय कमिटीको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानका क्रममा आएको जनताको सुझाव र समस्या सरकारलाई बुझाइसकेको बताए।

उनले भने,‘अभियानको सबै जनताको सुझाव र समस्या हामीले सरकारलाई बुझाइसकेको छौँ। बजेट निर्माणको बेलामा छ जनताको मुद्दाहरूलाई ज्युँका त्युँ छाडेर एमाले टाढा बस्न सक्दैन। जनताको पक्षमा जनतालाई डेलिभरी दिने कुरामा प्रत्यक्ष सरोकार राख्ने कुराहरूमा केन्द्रित रहेर सिंगो देश र सरकारको ध्यानाकर्षण हुने गरी हामीले जनदबाब गर्छौँ। त्यो सदनबाट आवश्यक परे सडकबाट व्यापक जनपरिचालनसहित गर्नसक्छौं। त्यसले संगठन निर्माणसहित जनताको मुद्दामा ध्यानाकर्षण पनि हुन्छ।’

Tags :
प्रतिक्रिया दिनुहोस