रथीमा बढुवा भएका थापालाई दर्ज्यानी चिह्न प्रदान « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

रथीमा बढुवा भएका थापालाई दर्ज्यानी चिह्न प्रदान


८ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । रथी दर्जामा पदोन्नति भएका उपरथी निर्मल कुमार थापालाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । मंगलबार प्रधान सेनापति प्रभुराम शर्माले चिह्न प्रदान गरेका हुन् ।

पदोन्नतिसँगै रथी थापा श्री बलाध्यक्ष विभागमा नियुक्त भएका छन् । उनी नेपाल सरकार मन्त्रिपरिषद्को गत माघ २५ गतेको निर्णय बमोजिम पदोन्नति भएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस